दमौली, १४ चैत । चर्चित गायिका कला लम्सालको नयॉ गीत ‘बन्दीपुरे माइलो’ सार्वजनिक भएको छ । लम्सालले बिहीबार आफ्नै युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरेकी हुन्।
विक्रम बाबु विश्वकर्माको शब्द, लम्सालको लय, र खेम सेन्चुरी र लम्सालको आवाजमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतमा स्वयं लम्साल र विजय पुनको अभिनय रहेको छ ।
यसअघिका गीतमा जस्तै यसमा पनि माया, साथ र प्रेरणाको अपेक्षा गरेको लम्सालले बताइन् ।