दमाैली, १६ चैत । तनहुँका विभिन्न ठाउँमा आइतबार दिउँसाे तीन घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । मुग्लिन पाेखरा सडक विस्तार अन्तर्गत आँबुखैरेनि ३३/११ के.भि. सबस्टेशनदेखि नारीघाटसम्म ११ के.भि. डब्बल सर्किट विद्युतीय संरचना निर्माणका लागि आइतबार दिउँसाे ३ बजेदेखि ६ बजेसम्म विद्युत अवरुद्ध हुन लागेकाे हाे ।
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार सत्रसय फिडर सटडाउन हुने हुँदा ढापटार, नारिघाट, एक्लेफाँट, बरादी, सत्रसय,डुम्रि डाँडा समस्तीपुर, हिलेखर्क, घलडाँडा, चिउरिबास, ज्यामिरे, बाथल, ग्याजाटार, नयाँ पुल, गोरखा- गोपलिङ्ग, धुँवाकोट लगायतका स्थानमा विद्युत कटाैती हुनेछ ।