लुटपाट र चोरी गर्नेलाई खेदाएर चर्चामा आएका भाटभटेनीका सुरक्षागार्ड पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुटपाट र चोरी गर्नेलाई खेदाएर चर्चामा आएका भाटभटेनीका सुरक्षागार्ड पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८१, बुधबार

    काठमाडौ, २० चैत । चैत १५ गते कोटेश्वरको भाटभटेनीमा लुटपाट र चोरी गर्नेलाई खेदाएर चर्चामा आएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।

    पराजुलीलाई भाटभटेनीले ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो।

    भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे। भाटभटेनीमा लुटपाट र चोरी गर्नेलाई पराजुलीले बलप्रयोग गरेर भाग्न बाध्य बनाएका थिए।