आदर्श नमूना क्लवका खेलाडी सदस्यले हेरे ‘एन्जिला’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आदर्श नमूना क्लवका खेलाडी सदस्यले हेरे ‘एन्जिला’

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०८१, बिहीबार

    दमौली, २१ चैत । म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आदर्श नमूना युवा क्लवका सदस्यहरुले नेपाली चलचित्र एन्जिला हेरेका छन् । नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला सुब्बाको जीवनीमा निर्माण गरिएको उक्त चलचित्र क्लवका सदस्यहरुलाई देखाइएको हो ।

    दमौलीस्थित क्युएफएक्समा खेलाडीहरुलाई चलचित्र अवलोकन गराइएको हो ।

    फिल्मले नेपाली महिला फुटबल टिमकी कप्तान सुब्बाको संघर्ष, सफलता र योगदानको उजागर गरेकाले चलचित्र प्रेरणादायी रहेको क्लवका अध्यक्ष अक्षय कायस्थले बताए । उनले भने, ‘जसले हामी सबैलाई खेलकुदमा अझ समर्पित हुन प्रेरित गर्छ। खेलकुद भनेको केवल प्रतिस्पर्धा होइन, यो अनुशासन, मेहनत र सपना पूरा गर्ने यात्रासमेत हो।’

    अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। फिल्ममा एञ्जिला आफैँ मुख्य भूमिकामा छिन्।

    फिल्ममा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संभर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। एञ्जिलासँगै फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ।