यात्रुवाहक बस दुर्घटनाका चार घाइतेलाई चितवन पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यात्रुवाहक बस दुर्घटनाका चार घाइतेलाई चितवन पठाइयो

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८१, शुक्रबार

    दमाैली, २२ चैत । डुम्रे वेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१ मोहरियामा शुक्रबार भएको बस दुर्घटनाका घाइतेमध्ये चार जनालाई थप उपचारका लागि चितवन पठाइएको छ ।

    नारायणगढबाट वेसीशहर जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा २० जना घाइते भएकामा घाइतेमध्ये चार जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बस चालकले नियन्त्रण गुमाई सडकको बाँया साइडमा पल्टिदा घाइते भएका १६ जना स्थानीय मेडिकलमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

    घाइतेमध्ये रौतहट दुर्गा भगवती गाउँपालिका–५ बस्ने ४३ वर्षीय राम पुकार सुनार, लमजुङको दोर्दी गाउँपालिका–९ बस्ने सात वर्षीय रोजित विक, सोही ठाउँ बस्ने ४५ वर्षीया सुशीला विक र राइनास नगरपालिका–६ बस्ने ४० वर्षीया विमला विकलाई चितवन पठाइएको छ ।