दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८१, शुक्रबार

    काठमाडौं, २९ चैत । काठमाडौंको तीनकुनेमा उत्पात मच्चाएर भागेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ । भारतमा लुक्दै आएका प्रसाईंलाई प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ ।

    उनलाई केहीबेरअघि काठमाडौं ल्याइएको हो । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ । चैत १५ गते उनको नेतृत्वमा भएको अराजक प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए ।