टिप्परको ठक्करबाट युवाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टिप्परको ठक्करबाट युवाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८१, शनिबार

    दमाैली, ३० चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा शनिबार साँझ टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय मनिष आले मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यस्तै दुर्घटनामा स्कुटरमा सवार १५ वर्षीया अनिषा आले मगर घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।

    पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५८७५ नम्बरको टिप्पर र विपरित दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर ठोक्किदा घाइते भएका मनिषलाई प्रदेश अस्पताल दमौलीमा साँझ ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    दुर्घटनामा घाइते अनिषालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।