‘सयान खत्री बचाउ अभियान’ का लागि १२ लाख सङ्कलन, सहयाेग सङ्कलन जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘सयान खत्री बचाउ अभियान’ का लागि १२ लाख सङ्कलन, सहयाेग सङ्कलन जारी

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    दमाैली, ३ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी क्यान्सर पीडित सात वर्षीय सायान खत्रीको उपचारका लागि रु १२ लाख भन्दा बढी रकम सङकलन भएको छ ।

    स्थानीय स्तरमा गठित सायान खत्री बचाउ अभियानमार्फत् आजसम्म रु १२ लाख नौ हजार एक सय ६२ सङ्कलन भएको हो । अभियानका संयोजक राजेश पाण्डेले खत्रीको उपचारका लागि देश तथा विदेशबाट रकम सङ्कलन हुने क्रम जारी रहेको जानकारी दिए । प्राप्त सहयोगलाई पारदर्शी बनाउन सामाजिक सञ्जालबाट विवरण प्रकाशित गरिएको पाण्डेले बताए ।

    उनले भने, “बालकको बारेमा जानकारी सहित सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेका छौ । देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।”

    विगत चार वर्षदेखि क्यान्सरबाट गुज्रिरहेका खत्रीको उपचारमा आर्थिक अभाव भएपछि परिवारले उपचारमा सघाउन अपिल गरेको छ । छोराको उपचारका लागि करिब रु दुई करोड लाग्ने चिकित्कसले बताएकाले आफूहरुसँग आर्थिक अभाव भएकाले छोराको जीवन बचाइदिन बाबु धु्रव खत्रीले आग्रह गरेका छन् ।