निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०८२, शनिबार

    काठमाडाै, ६ वैशाख । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।

    मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ ।  यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ । 

    साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।