ला लिगा : बार्सिलोनाको सानदार पुनरागमन जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ला लिगा : बार्सिलोनाको सानदार पुनरागमन जित

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८२, आईतवार

    काठमाडौं, ७ वैशाख । राफिन्नाले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टा भिगोमाथि सानदार पुनरागमन जित हात पारेको छ ।

    राफिन्हाको दुई गोल मद्दतमा बार्सिलोनाले सेल्टालाई ४-३ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ ।

    ३-१ ले पछि परेको अवस्थामा बार्सिलोनाले गज्जबको पुनरागमन गरेको हो । बोया इग्लेसिसले ह्याट्रिक गरेपनि सेल्टालाई जित दिलाउन पर्याप्त भएन ।

    खेलमा अग्रता भने बार्सिलोनाले नै लिएको थियो । फेरान टोरेसले १२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, इग्लेसिसले त्यसको तीन मिनेटपछि नै सेल्टाका लागि बराबरी गोल फर्काए । उनले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए ।

    इग्लेसिसले ५२औं र ६२औं मिनेटमा गोल गर्दै सेल्टालाई ३-१ को अग्रतासहित जित नजिक पुर्‍याएका थिए । तर, सेल्टाले अग्रता कायम राख्न सकेन । डानी ओल्मोले ६४औं मिनेटमै गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसपछि राफिन्हाले ६८औं मिनेटमा गोल गर्दा बार्सिलोनाले खेल ३-३ को बराबरीमा पुर्‍यायो ।

    इन्जुरी टाइममा भिएआरको सहयोगमा बार्सिलोनाले पेनाल्टी पायो । सेल्टाका योएल लागोले डानी ओल्मोलाई फल गरेपछि बार्सिलोनले पेनाल्टी अवसर पाएको थियो ।