राजेन्द्र लिङदेन लगायतका राप्रपा सांसद सिंहदरबारभित्रैबाट प्रहरी नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजेन्द्र लिङदेन लगायतका राप्रपा सांसद सिंहदरबारभित्रैबाट प्रहरी नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८२, आईतवार

    काठमाडाै, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले सिंहदरबार गेटभित्रै दुई जनालाई नियन्त्रणमा लिएको हो। शाहीले नाराबाजी गरेपछि प्रहरीले दुबै जनालाई गाडीमा हालेर लगेको हो।

    प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए।

    उनीहरूले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेका थिए। प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्न सक्ने भन्दै निगरानी राखेको थियो।