नेपाल विद्युत प्राधिकरण तनहुँको दुईपिप्ले कार्यालयलाई एक रोपनी जग्गा दान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल विद्युत प्राधिकरण तनहुँको दुईपिप्ले कार्यालयलाई एक रोपनी जग्गा दान

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८२, सोमबार

    दमौली, ८ वैशाख । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको दुईपिप्ले स्थित कार्यालयका लागि स्थानीय एक व्यक्तिले एक रोपनी जग्गा दान दिएका छन्।

    मध्यनेपाल नगरपालिका -४ रम्घाका महेन्द्रराज वाग्लेले पुष्पलता क्याम्पससँगै रहेको एक रोपनी जग्गा कार्यालयका लागि प्रदान गरेका हुन् । वाग्लेले सोमबार उक्त जग्गा विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रलाई पास गरिदिएका छन् ।

    जग्गा प्राप्ति भएसँगै आर्थिक वर्ष २०८२/८३ मा कार्यालय भवन निर्माणका लागि बजेट प्रस्ताव गरिने विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

    साविकको शिसाघाट सामुदायिक संस्था खारेज भएपछि तनहुँ वितरण केन्द्रबाट मध्यनेपाल-१, २, ३, ४ र ५, व्यास- ६,७,८,९, र रूपा- ३ र ४ का ७ हजार ग्राहकलाई वाग्लेले नै उपलब्ध गराएको तीन कोठाबाट सेवा प्रवाह भइरहेको छ ।

    वाग्लेले सोही क्षेत्रमा खानेपानी कार्यालयका लागि पनि पॉच आना जग्गा निशुल्क उपलव्ध गराएका छन् । सोही स्थानमा प्रहरी चौकी, सामुदायिक प्रहरी सेवा केन्द्र, क्याम्पस, खानेपानी, साना किसान सहकारी, आमा समूहलाई कार्यालय स्थापना गर्नका लागि निशुल्क जग्गा उपलव्ध गराएका छन्।