दमौली, ८ वैशाख । भिमाद नगरपालिकाका संस्थापक मेयर मेखबहादुर थापाको निधन भएको छ। लामो समयदेखि कलेजाे राेग सम्बन्धी रोगबाट पीडित थापाको सोमबार निधन भएको हो ।
उनकी श्रीमती भोविमाया थापाको गत फागुन २३ गते मिर्गौला समस्याबाट मृत्यु भएको थियो । पत्नी गुमाएको डेढ महिनापश्चात् थापाको पनि निधन भएको छ ।
थापाको निधनप्रति नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले दुख व्यक्त गरेका छन्। गुरुङले पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य रहेका थापाको अकल्पनीय असामयिक निधनको खबरले स्तब्ध तुल्याएको उल्लेख गरेका छन् ।उनले भने, एकजना असल हृदयका कर्मठ समाजिक व्यक्तित्व एवं वामपन्थी योद्धाको अवसान भएको छ । उहॉको निधनले हाम्रो समाज र कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।’