डोटीमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डोटीमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८२, बुधबार

    डोटी, १० वैशाख । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक भीमदत्त राजमार्गअन्तर्गत गोल्डेनमा आज बिहान दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको हो । 

    ज्यान गुमाउनेमा चालक अर्जुन धामीको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए ।