कालिगण्डकी गाउँपालिकाको चेतावनी : विद्यालय नआउने शिक्षकले राजीनामा दिनु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कालिगण्डकी गाउँपालिकाको चेतावनी : विद्यालय नआउने शिक्षकले राजीनामा दिनु

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८२, शुक्रबार

    काठमाडौं, १२ वैशाख । शिक्षा ऐन जारी गर्न मागसहित शिक्षकहरू २४ दिनदेखि सडक आन्दोलनरत छन् । पठनपाठन ठप्प पारेर राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ ।

    गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् । उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

    शिक्षकहरू शिक्षक महासंघको आह्वानमा आन्दोलनमा होमिएका छन् । आज मात्रै नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकलाई वार्ताका लागि बोलाएका थिए । तर सिंहदरबार गेटमा पुगेका शिक्षकलाई प्रवेश पास नदिएपछि आजको वार्ता भाँडिएको थियो ।