तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्णले कार्यभार सम्हाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्णले कार्यभार सम्हाले

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८२, सोमबार

    दमाैली, २२ वैशाख । तनहुँकाे प्रमुख जिल्ला अधिकारीमा सरुवा भइ आएका रामकृष्ण अधिकारीले कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयबाट तनहुँ आएका उनले साेमबारदेखि कार्यभार सम्हालेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी अधिकारीलाई सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित कार्यालयका प्रमुखहरुले स्वागत गरेका थिए ।

    यसअघिका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाकाे रामेछापकाे प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि अधिकारीले तनहुँकाे कार्यभार सम्हालेका छन् ।