


दमाैली, २२ वैशाख । सरकारले सञ्चालन गरेको स्टार्टअप उद्यम कर्जाका लागि तनहुँका तीन उद्यमी छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि देशभरका छ सय ६१ उद्यमी छनोट गरेकामा तनहुँका तीन जना परेका छन् ।
उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप प्रतिष्ठानले सोमबार सूचना जारी गरी उद्यमी छनोटबारे जानकारी दिएको हो ।
जसअनुसार व्यास एग्रो फार्म व्यास ४, कुमाल बङ्गुर फार्म भिमाद ६ र रुप एण्ड सन्स अर्गानिक एग्रो फार्म भानु १२ छनोट भएका छन् । यो कार्यक्रममार्फत् उद्यमीलाई रु २५ लाखसम्म कर्जा सुविधा प्रदान गरिनेछ ।