तनहुँ प्रहरीमा क्युआर मार्फत् गुनासो गर्न सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रहरीमा क्युआर मार्फत् गुनासो गर्न सकिने

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८२, मंगलवार

    दमौली, २३ वैशाख ।जिल्ला प्रहरी कार्यालय तनहुँले गुनासो सुनुवाईका लागि क्युआर कोड सुरु गरेको छ । प्रहरी कार्यालयसँग सम्बन्धित गुनासो एवं सुझावका लागि कार्यालयले क्युआर कोड सुरु गरेको हो ।

    कार्यालयका सेवालाई प्रविधिमैत्री बनाउने उद्धेश्य सहित क्युआर कोड सुरु गरिएको कार्यालय प्रमुख एवं प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

    क्युआर कोड मार्फत् सर्वसाधारणले प्रहरी कर्मचारीप्रतिको गुनासो, प्रहरी सेवा सम्बन्धी सुझाव दिन सक्नेछन् ।