पोखराको शान्ति स्तूपा नजिक बस दुर्घटना, २६ घाइते, ६ जना गम्भीर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखराको शान्ति स्तूपा नजिक बस दुर्घटना, २६ घाइते, ६ जना गम्भीर

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८२, बुधबार

    पाेखरा, ३१ वैशाख । पोखरा २२ स्थित विश्व शान्ति स्तूपको नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। ग१ख ३८८६ नम्बरको उक्त माइक्रोबस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको हो।

    दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन् भने तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदैछ। स्थानीय बासिन्दा राजु क्षेत्रीका अनुसार अहिले पनि उद्धार कार्य जारी छ।

    ब्रेक फेल भएर बस दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ। दुर्घटनास्थलमा पोखराबाट एम्बुलेन्सहरू परिचालित भएका छन्। बसमा अधिकांश भारतीय पर्यटक सवार रहेको जानकारी प्राप्त भएको छ।