दमौली, ३१ वैशाख । व्यास नगरपालिका-५ पाटनस्थित मुटुरोगी नेत्रबहादुर मगरको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अवस्था निकै कमजोर उनको उपचारका लागि पैसा नहुँदा घरमै छटपटाइरहेका छन् ।
विगत केहि महिनादेखि मुटुरोगबाट पीडित मगर केही समय अस्पतालमा उपचार गरिएपनि रकम अभाव भएपछि घर फर्किएका छन् । निजको उपचारका लागि करिब आठ लाख खर्च हुने परिवारले जनाएको छ ।
यसैबीच व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले निजको उपचारका लागि २५ हजार आठ सय ७० संकलन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको सक्रियतामा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीबाट खाजा खर्च कटाएर रकम संकलन गरिएको छ ।
सामाजिक अभियान्ता सुदीप गफ्फारले पीडितको उपचारका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन् । सबैले थोरै थोरै सहयोग गरे उनको उपचारमा सहयोग मिल्ने उनले बताए ।