पोखरा लामेआहालमा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा लामेआहालमा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८२, बुधबार

    पोखरा, ३१ वैशाख । पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकको सनाखत भएको छैन ।

    दुर्घटनामा चालक सहित ८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख इन्सपेक्टर शोभा पाण्डेले जानकारी दिइन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा ३ जनाको निधन भएको हो । 

    बाँकी ७ घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ