वाइसिएल तनहुँको अध्यक्षमा हिमाल थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वाइसिएल तनहुँको अध्यक्षमा हिमाल थापा

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८२, बिहीबार

    दमौली, १ जेठ । वाइसिएल तनहुँको अध्यक्षमा हिमाल थापा चयन भएका छन् । बुधबार सम्पन्न तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन भएको छ ।

    अधिवेशनबाट उपाध्यक्षमा बसन्ती सारु मगर, युकेश मगर, ज्योति रोका, सचिवमा राजन विसी, सहसचिवमा पुष्पा राना मगर, श्रीकृष्ण बराल, राजकुमार विक र कोषाध्यक्षमा साजन थापा चयन भएका छन् ।