वैदेशिक रोजगारीका क्रममा ठगिएका तनहुँका २४ जनाको ५४ लाख फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैदेशिक रोजगारीका क्रममा ठगिएका तनहुँका २४ जनाको ५४ लाख फिर्ता

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८२, बिहीबार

    दमौली, १ जेठ । वैदेशिक रोजगारीमा ठगिएका तनहुँका २४ सर्वसाधारणको रू ५४ लाख दुई हजार फिर्ता गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा विभिन्न ठाउँका २४ जनाको रकम फिर्ता गरिएको हो । 

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म केन्द्रमा एक सय चार वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये २४ जनाको उजुरी फछ्र्योट गरी पीडितलाई रकम फिर्ता गरिएको सहायक प्रमुख जिल्ला जीतबहादुर भण्डारीले जानकारी दिए । केन्द्रमा दर्ता भएकामध्ये ८० वटा उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको छ । 

    केन्द्रले छ, हजार चार सय सात पुरूष र तीन हजार छ सय १९ महिला गरी १० हजार २६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श प्रदान गरेको छ । भण्डारीका अनुसार वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवार र दुर्घटनामा परेकाका लागि रू चार करोड २१ लाख १९ हजार दुई सय ५६ बिमा बापत्को रकम उपलब्ध गराइएको छ ।

    वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लामा सामी परियोजना सञ्चालित छ ।