काठमाडाै, १ जेठ । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिदमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बनमा परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि बस्नेतको सांसद पद निलम्बनमा परेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।