तनहुँका स्थानीय तहमा रु ३० करोड बेरुजु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका स्थानीय तहमा रु ३० करोड बेरुजु

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८२, बिहीबार

    दमाैली, १ जेठ । तनहुँ स्थानीय तहमा आर्थिक वर्ष २०८०÷८१ मा रु ३० करोड बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहमा रु ३० करोड ७९ लाख २८ हजार बेरुजु देखिएको हो ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लाका स्थानीय तहमा बेरुजु बढेको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका स्थानीय तहमा रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु थियो ।

    जिल्लास्थित भानु नगरपालिकामा रु एक करोड १६ लाख ११ हजार, भिमाद नगरपालिकामा रु चार करोड दश लाख ४८ हजार, व्यास नगरपालिकामा रु पाँच करोड ९७ लाख ८९ हजार, शुक्लागण्डकी नगरपालिकामा रु चार करोड ९५ लाख ८७ हजार, आँबुखैरेनी गाउँपालिकामा रु एक करोड ८४ लाख ६३ हजार, ऋषिङ गाउँपालिकामा रु दुई करोड २१ लाख २८ हजार, घिरिङ गाउँपालिकामा रु एक करोड ८६ लाख ७८ हजार, देवघाट गाउँपालिकामा रु दुई करोड ६७ लाख ७२ हजार, बन्दीपुर गाउँपालिकामा रु चार करोड ३० लाख ६३ हजार, म्याग्दे गाउँपालिकामा रु एक करोड ६७ लाख ८९ हजार बेरुजु देखिएको छ ।

    लेखापरीक्षण अनुसार भानुमा ०.५०, भिमादमा २.८२, व्यासमा १.८४, शुक्लागण्डकीमा २.९३, आँबुखैरेनीमा १.९०, ऋषिङमा १.७५, घिरिङमा २.०२, देवघाटमा २.४२, बन्दीपुरमा ४.०९ र म्याग्देमा १.३९ प्रतिशत बेरुजु देखिएको छ ।

    त्यसक्रममा भानु नगरपालिकामा रु दुई अर्ब ३३ करोड ३० लाख ८१ हजार, भिमाद नगरपालिकामा रु एक अर्ब ४५ करोड ३५ लाख १७ हजार, व्यास नगरपालिकामा रु तीन अर्ब २३ करोड ५४ लाख ५२ हजार, शुक्लागण्डकी नगरपालिकामा रु एक अर्ब ६९ करोड ३३ लाख १९ हजारको लेखापरीक्षण गरिएको थियो ।

    त्यस्तै आँबुखैरेनी गाउँपालिकामा रु ९७ करोड ३४ लाख ९४ हजार, ऋषिङ गाउँपालिकामा रु एक अर्ब २६ करोड आठ लाख ६५ हजार, घिरिङ गाउँपालिकामा रु ९२ करोड ५६ लाख ७४ हजार, देवघाट गाउँपालिकामा रु एक अर्ब दश करोड ६३ लाख सात हजार, बन्दीपुर गाउँपालिकामा रु एक अर्ब पाँच करोड १७ लाख २७ हजार र म्याग्दे गाउँपालिकामा रु एक अर्ब २० करोड ९६ लाख ४५ हजारको लेखापरीक्षण गरिएको थियो ।