आँबुखैरेनीभित्रका सार्वजनिक तथा निजी सवारी साधनमा डस्टविन राखिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीभित्रका सार्वजनिक तथा निजी सवारी साधनमा डस्टविन राखिने

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८२, बिहीबार

    दमाैली, १ जेठ । आँबुखैरेनी गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा डस्टविन राखिने भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सार्वजनिक तथा निजी सवारी साधनमा डस्टविन अनिवार्य कार्य योजना लागु गर्न बिहीबार समन्वयात्मक बैठक गरेको छ ।

    सवारी साधनहरूमा यात्रुहरूले प्रयोग गरेका फोहोर वस्तुहरू सवारी साधनबाटै सडकमा फ्याकिने प्रवृत्तिलाई नियन्त्रण गर्दै वातावरणीय प्रदूषण रोकथाम र स्वच्छता प्रवद्र्धन गर्ने उद्धेश्यले सवारी साधनमा डस्टबिन अनिवार्य गर्न लागिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

    उक्त बैठकमा स्थानीय जनप्रतिनिधिहरू, यातायात व्यवसाय समितिका पदाधिकारीहरू, आँबुखैरेनी बजार क्षेत्रका टोल सुधार समितिका प्रतिनिधिहरू, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरू, पत्रकार तथा प्रहरी कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो ।

    यस सरोकारपूर्ण र वातावरणमैत्री अभियानलाई सफल पार्नका लागि स्थानीय तह, सम्बद्ध निकाय, यातायात व्यवसायी, यात्रु महानुभावहरू, सञ्चारकर्मी, सामाजिक संघ÷संस्थाहरू तथा सम्पूर्ण नागरिकहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।