मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८२, शुक्रबार

    बुटवल, २ जेठ । गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका दुई जनाको गाडीको ठक्करबाट कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा मृत्यु भएको छ।

    अर्घाखाँचीबाट बुटवलका लागि हिँडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।

    बिहान पौने ६ बजे सो दुर्घटना भएको हो। चालकसहित गाडी प्रहरी नियन्त्रणमा छ। चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।