दमाैली, ३ जेठ । नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र भानु नगरपालिकाको सहयोगमा यहाँस्थित मस्र्याङ्दी नदीमा जलविहार गरिएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित शनिबार भानु नगरपालिका–३ बाट जलविहार गरिएकाे हाे ।
मस्र्याङ्दी नदीमा जलविहारको सम्भावना रहेको र यसबाट पर्यटन प्रबद्र्धन गर्न सकिने भएकाले नगरपालिकासँग समन्वय गरेर जिल्लास्थित सञ्चारकर्मीलाई जलविहारको व्यवस्था मिलाइएको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारीले बताए ।
त्यसअघि भानु नगरपालिका–९ स्थित चितीखोला होमस्टेमा पर्यटन विकास तथा मस्र्याङ्दी नदीमा सहासिक जलयात्रा प्रबद्र्धन कार्यक्रम सम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पर्यटनलाई भानु नगरपालिकाले प्राथमिकता दिएको बताए ।