दमौली, १३ जेठ । गृह मन्त्रालयले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको मूल्याङ्कनमा तनहुँ प्रशासन आठौ स्थानमा उक्लिएको छ । दोस्रो त्रैमासिकमा २३ औं स्थानमा रहेको प्रशासन तेस्रो त्रैमासिकमा आइपुग्दा आठौ स्थानमा आइपुगेको हो । यो नतिजा अघिल्लाो कार्यकालका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको पालाको हो ।
थापा प्रमुख जिल्ला अधिकारी बहाल रहँदा सम्पादन गरिएकाे कामकाे मूल्याङ्कनका आधारमा गृहमन्त्रालयकाे कार्यसम्पादनमा तनहुँ प्रशासनकाो स्थान उल्लेख्य सुधार देखिएको छ ।
पहिलाे त्रैमासिकमा ६९ औं स्थानमा रहेकाे तनहुँ प्रशासन थापा प्रमुख जिल्ला अधिकारी भएर आएपछि २३ औं स्थानमा आइपुगेको थियो । प्रशासन कार्यालयको मूल्याङ्कन सुधार हुनुमा कार्यालयका सबै कर्मचारीके उत्तिकै भूमिका रहेको हाल रामेछापमा प्रजिअ रहेका थापाले बताए । उनले भने, ”तनहुँमा हुँदा कार्यालयको कार्यसम्पादन उत्कृष्ट बनाउन लागेँ । त्यस अभियानमा सबै कर्मचारीको महत्वपूर्ण भूमिका रह्याे ।’
मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ तेस्राे त्रैमासिक मूल्याङ्कनमा तनहुँ प्रशासनले १८.५ पूर्णाङ्कमा १७.९३७५ अङ्क प्राप्त गरेकाे छ ।