दमाैली, १३ जेठ । नेपाल प्रेस युनियन तनहुँले ३४ औं स्थापना दिवस मनाएकाे छ । ‘भौतिक र पेसागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मूल नाराका साथ स्थापना दिवसका अवसरमा मङ्गलबार तनहुँ शाखाले अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।
शाखा अध्यक्ष गाेरा मियाँकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्गग्रेसका प्रवक्ता हरि वाग्ले, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारी, पूर्व अध्यक्ष ओमकार आचार्य, प्रेस युनियनका गण्डकी प्रदेश सदस्य शङ्करराज नहर्की लगायतले पत्रकारहरुले निष्पक्ष भएर कलम चलाउनुपर्नेमा जाेड दिए ।