दमौली, १३ जेठ । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि खुशिको खबर छ। द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमौलीले आउँदो जेष्ठ १७ गते शनिबार आफ्नो कार्यालय भवन, व्यास–२, गणेशमान चोक, दमौलीमा विशेष शैक्षिक मेला ‘दि स्कसरसीप डे’ आयोजना गर्ने भएको छ।
कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, डेन्मार्क, दुवई लगायतका देशहरूको शिक्षा प्रणाली, भिसा प्रक्रिया, छात्रवृत्तिका अवसरहरू तथा अध्ययनपछि रोजगारीका सम्भावनाहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिनेछ।
शैक्षिक मेलामा विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। विद्यार्थीहरूले उनीहरूसँग प्रत्यक्ष भेटघाट गरी विभिन्न विषयहरूमा जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यसक्रममा कुन देश र विश्वविद्यालय उपयुक्त हुन्छ?, कति छात्रवृत्ति पाउन सकिन्छ ?, आवेदन प्रक्रिया कसरी गर्ने?, आइएस्टस्मा उच्च अंक ल्याउने उपायहरू, दीर्घकालीन करिअर योजना बनाउने तरिकाबारे जानकारी गराइनेछ ।
साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराइनेछ।
द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमौलीले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई मेलामा उपस्थित भई शैक्षिक लाभ उठाउन हार्दिक अनुरोध गरेको छ।