राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा उज्ज्वल खनाल निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा उज्ज्वल खनाल निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८२, बुधबार

    दमौली, १४ जेठ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा उज्जवल खनाल निर्वाचित भएका छन् । पोखरामा सम्पन्न महाधिवेशनबाट भूगोलतर्फबाट खनाल निर्वाचित भएका हुन् ।

    तनहुँका तीन जनाबीच भएको प्रतिस्पर्धामा खनालले ६५ मत प्राप्त गरे । प्रतिस्पर्धी वीरबहादुर लामाले ४३ र बासुदेव पुडासैनीले २५ मत प्राप्त गरेका छन् ।