दोस्रो थर्पु महोत्सव आजदेखि, अध्यक्ष श्रेष्ठले उदघाटन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो थर्पु महोत्सव आजदेखि, अध्यक्ष श्रेष्ठले उदघाटन गर्ने

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८२, बुधबार

    दमौली, १४ जेठ । थर्पु युवा क्लवको आयोजनामा आजदेखि दोस्रो थर्पु महोत्सव हुँदैछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

    क्लवका अध्यक्ष नवराज हमालले समग्र म्याग्देलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्धेश्यले महोत्सव सञ्चालन गर्न लागिएको बताए ।उनले भने, ‘समग्र म्याग्देको भाषा कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्न आपसी भाइचारा कायम गरी समृद्ध म्याग्दे निर्माण गर्ने परिकल्पना साकार पार्नका निम्ति आयामको रुपमा म्याग्दे महोत्सव महत्वपूर्ण कडी बन्नेछ ।’

    आर्थिक मन्दिले शिथिल भएको यस भेगमा व्यापारिकहरुलाई चलायमान गर्न, स्थानीय कृषि उत्पादन लगायत सम्पूर्णलाई व्यापार व्यवस्थापन गर्न, म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्न, राष्ट्रिय कलाकार, खेलाडीहरुलाई स्थानीयसँग सात्क्षात्कार गर्न, समाजमा रहेका समस्याहरु निराकरण गर्न जस्तै : दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने महोत्सवको मुख्य उद्धेश्य रहेको बताइएको छ ।