आँबुखैरेनीका कृषकलाई सीपसँगै मौरी घार वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका कृषकलाई सीपसँगै मौरी घार वितरण

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    दमाैली, १५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका कृषकलाई सीपसँगै मौरी घार वितरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका कृषकलाई मौरीपालन सम्बन्धी तालिमसँगै गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा मौरी घार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरेको हो ।

    गाउँपालिकालाई मह पालिकाको नामले चिनाउने र मह उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषकलाई व्यावसायिक बनाउन एक सय ९२ थान मौरी घार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

    हिलेखर्क मौरीपालनका लागि उपयुक्त रहेको र मौरीपालन सजिलो भएकाले कृषकलाई मौरीपालनमा आबद्ध गराउन खोजिएको केसीले बताए । उनले भने, “गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम कृषकलाई तालिम दिएर मौरी घार वितरण गरेका छौ । गाउँपालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौ ।”

    मौरीपालन कार्यक्रमले कृषकहरु उत्साहित भएको र यस व्यवसायले उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याई आर्थिक समृद्धि गर्न सकिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।