दमौली, १५ जेठ । १८ औ गणतन्त्र दिवसका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा बिहीबार सॉझ दीप प्रज्वलन गरिएको छ । गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउने कार्यतालिका बमोजिम व्यास नगरपालिका-३ प्रशासनचोकमा सॉझ दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रमको संयोजन जेसीआइ व्यास नगरले गरेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतकाे सहभागिता थियाे ।
गणतन्त्र दिवसको अवसरमा बिहीबार नै प्रभातफेरी, शुभकामना आदानप्रदान र ज्येष्ठ नागरिक आश्रममा फलफूल वितरण गरिएको थियो ।