नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८२, आईतवार

    काठमाडाै, २५ जेठ । विश्वकप क्रिकेट लीग २ अन्तर्गत जारी शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको छ।

    स्कटल्यान्डमा जारी खेलमा टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको स्कटल्यान्डले३२४ रनको लक्ष्य दिएको थियो।नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए भने सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाएका थिए।

    दोस्रो इनिङ्समा ब्याटिङ गर्दै नेपालले ३२२ रन बनाउँदै अलआउट हुन पुगेको छ।नेपालले शृङ्खलाका यसअगाडिका दुई खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध जित निकालेको थियो।