काठमाडौ, २६ जेठ । नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिउँसो बन्द हुने भएको छ । यसअघि जेठ १० देखि आइतबारसम्म दैनिक साढे चार घण्टा बन्द हुँदै आएको थियो ।
पिप्लामोड खण्डमा काम नसकिएपछि थप पाँच दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्दगरी काम गर्न लागिएको सडक विभागले जनाएको छ ।
उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ ।
साना तथा मझौला सवारीसाधनलाई वैकल्पिक रुट सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न विभागले आग्रह गरेको छ ।
दैनिक बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरेर सडक निर्माण तथा सुधारको काम भइरहेको छ ।