दमौली, २६ जेठ । ऑबुखैरेनी गाउँपालिका-५ बारालुङवेशी आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ ।
गाउँपालिकावासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच कायम गर्ने उद्धेश्यले स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सामान्य स्वास्थ्य जाँच र उपचारका लागि चितवन वा अन्य शहर जानु पर्ने बाध्यता अन्त्य भएको बताए। गाउँपालिकाले जनताको सहज पहुँचमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्धेश्यले स्वास्थ्य सेवा विस्तारको कार्य क्रमशः अगाडि बढाइरहेको चुमानले बताए ।
केन्द्र उदघाटनका अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३० जना भन्दा बढीले स्वास्थ्य जाँच तथा परामर्श सेवा प्राप्त गरेका थिए।