पर्वत, २६ जेठ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-१ पाङ बस्ने ३२ वर्षीय सुरेन्द्र किसानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुरेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।