बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८२, मंगलवार

    काठमाडौँ, २७ जेठ । पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ ।

    डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले यही जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकि मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।

    अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ । “यसरी छुट्याइने
    रकम राइडरबाट नभइ कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ”, हमालले भनिन्, “पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।”

    अभियानबाट संकलन हुन रकम बालमैत्री अस्पताललाई दिइने छ । उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिदलगायतमा खर्च हुनेछ । डा कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो ।

    डा कोइरालाले काठमाडौँसहित सा तवटै प्रदेशमा बाल अस्पताल निमर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।