एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८२, बिहीबार

    काठमाडौ, २९ जेठ । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    अहमदाबादबाट लन्डनका लागि उड्नेबित्तिकै दुर्घटनामा परेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनाबारे जानकारी दिँदै अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ वटा शव प्राप्त भएको जानकारी दिएका हुन् ।प्रहरी आयुक्त मलिकले भनेका छन्, ‘केही सर्भाइभर पनि हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ वटा शव संकलन गरेका छौँ । ‘

    साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ । 

    रतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।