गृहमन्त्री लेखकले भने- भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृहमन्त्री लेखकले भने- भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८२, शुक्रबार

    काठमाडौ, ३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।

    प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताए।

    यस प्रकरणमा कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने उनको भनाइ थियो।

    ‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सदनमा जानकारी गराउन चाहान्छु,’ गृहमन्त्री लेखकले भने।

    उनले आफ्ना विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको पनि दाबी गरेका थिए।