कमलाबारीमा स्कूटर दुर्घटना : छोराको मृत्यु, बाबु घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमलाबारीमा स्कूटर दुर्घटना : छोराको मृत्यु, बाबु घाइते

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८२, आईतवार

    दमाैली, १ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइते हुने बाबुछोरा हुन् ।

    मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा घाइते नराललाई प्रदेश अस्पताल दमौलीमा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उनले बताए ।

    दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २५ प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो ।