तनहुँमा निर्माण भइरहेका जलविद्युत परियोजनाबारे राष्ट्रपतिको चासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँमा निर्माण भइरहेका जलविद्युत परियोजनाबारे राष्ट्रपतिको चासो

    खबरपुञ्ज संवाददाता

    १ असार २०८२, सोमबार

    काठमाडौ, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।    

    मन्त्री खड्कालाई सोमबार शीतल निवासमा बोलाएर राष्ट्रपतिले आयोजनामा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माणको प्रगति विवरणको जानकारी लिँदै समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ ।  

    यस्तै राष्ट्रपति पौडेलले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेघावाटको तल्लों सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन दिए । राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि मन्त्री खड्कासँग चासो राखेका थिए ।