इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृत्यु, ८७ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृत्यु, ८७ घाइते

    खबरपुञ्ज संवाददाता

    १ असार २०८२, सोमबार

    एजेन्सी, २ असार । इजरायलका प्रमुख शहरहरु तेल अबिब, हैफासहितका शहरमा इरानले मिसाइल आक्रमण गरेको छ ।

    इजरायलको आपतकालीन सेवा-एमडीएले तेल अबिबसहित चार स्थानमा भएको मिसाइल आक्रमणमा ८ जनाको ज्यान गएको उल्लेख गरेको बेलायती अखबार द गार्डियनले जनाएको छ ।

    ‘ज्यान गुमाउने अधिका‌श करिब ७० वर्ष उमेरका छन् । ८७ जना घाइते छन्’, समाचारमा भनिएको छ ।

    तेल अबिब नजिकै रहेको पेताह टिक्वा शहरमा एउटा आवासीय भवनमा मिसाइल खस्दा भवनका सीसा फुटेका छन्, कङ्क्रिटका पर्खालहरू जलिसकेका छन् । धेरै अपार्टमेन्टहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।