पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा

    खबरपुञ्ज संवाददाता

    २ असार २०८२, मंगलवार

    चितवन, ३ असार । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टापछि संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलास्थित खसेको पहिरो अपरान्ह ४ बजे हटाएपछि एकतर्फी संचालनमा आएको हो ।

    सोमबार राति पानी परेपछि आज सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । दुईतर्फी रुपमा एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाईएको चितवन प्रहरीले जनाएको छ ।