मुग्लिन-नारायणगढ खण्ड दुई घण्टा बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन-नारायणगढ खण्ड दुई घण्टा बन्द हुने

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८२, बिहीबार

    चितवन, १२ असार । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै आज (असार १२) दुई घण्टा बाटो बन्द गरिने भएको छ । त्यहाँ बिहान ११ देखि दिउँसो १ बजेसम्म करिब दुई घण्टा सवारी आवागमन बन्द गरिने सडक डिभिजन भरतपुरले जानकारी गराएको छ ।

    उक्त स्थानमा पहिरोको जोखिम छ । कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र सम्भावित दुर्घटना हुन सक्ने सडक डिभिजनले जनाएको छ ।

    ‘यउक्त सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य रहेको हुँदा आज मिति २०८२/०३/१२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब दुई घण्टाजति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराईन्छ,” सडक डिभिजनको सूचनामा उल्लेख छ ।

    उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न पनि सडक डिभिजनले आग्रह गरेको छ ।