प्रमुख जिल्ला अधिकारीद्वारा इप्रका ऑबुखैरेनीको निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रमुख जिल्ला अधिकारीद्वारा इप्रका ऑबुखैरेनीको निरीक्षण

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८२, बिहीबार

    दमौली, १२ असार । तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले इलाका प्रहरी कार्यालय ऑबुखैरेनीको बिहीबार निरीक्षण गरेका छन्।

    अधिकारीले कार्यालयको सम्पूर्ण शाखा, व्यारेक भवन, हिरासत कक्ष, वडा एरीयामा जडान सि.सि.टी.भी. तथा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण गरेका हुन् ।

    अधिकारीले प्रहरीलाई व्यावसायिक, अनुशासित एवं कर्तब्यनिष्ठ भई प्रभावकारी रुपमा शान्ति सुरक्षा र संगठनको मूल्य मान्यतालाई आत्मसाथ गरी त्रुटि रहित तवरले कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

    त्यसक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाही समेत सहभागी थिए ।