तनहुँमा लागुऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा लागुऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८२, बिहीबार

    दमाैली, १२ असार । लागुऔषध दुरुपयोग एवं ओसारपोसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस तनहुँमा समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक सातासम्म सञ्चालन गरेको उक्त दिवस बिहीबार प्रभातफेरी सहित समापन गरिएको हो ।

    सप्ताह समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले लागुऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्ध सबैले ऐक्यबद्धता जाहेर गर्नुपर्ने बताए । अधिकारीले लागुऔषधको समस्या घर–घरमा पुगिसकेको हुन सक्छ वा सम्भावना व्यापक भएकाले अभिभावक बढी सचेत हुनुपर्ने उल्लेख गरे ।

    उनले भने, “यो समस्या समाजमा व्याप्त भएर भुसको आगो जसरी फैलिँदै गएको छ । यसमा फसेपछि हुन सक्ने क्षति वृहत हुने भएकाले यसको सचेतनाका लागि सबै सरोकारवाला निकाय सक्रिय हुनुपर्छ ।” सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरीको सहकार्यमा विभिन्न विद्यालयमा पुगेर विद्यार्थीमाझ सचेतनामूलक कार्यक्रम गरिएको अधिकारीले बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपाने, प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही, विभिन्न कार्यालयका प्रमुख, सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे ।

    May be an image of 8 people, street, crowd and text that says 'De T UE Sewa TAЛE रेष्ट्रेस्ट H राহা रटेशनरीसेन्टर टेशावर सेग्टर SAENO DDRLGS OORLA P tepo तिवडुता पुता म्य सुर्जिव समाजको प्रति ध दुरायोग विस्ुद ऐख्वदुता वफेरी कारयंत्रम 국3 अते Pri- 20ជ2 असार द्यवसायी સંघ તનई, सामुदा दण सामुदायिक प्रहरी'
    May be an image of 5 people, street and textMay be an image of 11 people, temple and text