चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८२, शुक्रबार

    चितवन, १३ असार । चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । 

    शुक्रबार बिहान भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।

    दुर्घटनामा ट्रकका सहचालक राप्ती नगरपालिका-२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनमा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

    सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।